सम्पत्ति शुद्धीकरणमा अस्ट्रेलियाको क्यासिनोलाई कीर्तिमानी जरिवाना
सिडनी । अस्ट्रेलियाली जुवा कम्पनी स्टार इन्टरटेनमेन्ट ग्रुपले कीर्तिमानी जरिवाना तिर्नुपर्ने भएको छ । बीबीसीका अनुसार उक्त क्यासिनोविरुद्ध १० करोड अस्ट्रेलियन डलर जरिवाना तोकिएको हो ।
सम्पत्ति शुद्धीकरणमा दोषी पाइएपछि क्यासिनोलाई जरिवाना तोकिएको बताइएको छ । स्टारले सिडनीमै क्यासिनोहरु सञ्चालन गर्दै आएको छ । यो ग्रुपको लाइसेन्स समेत निलम्बन गरिएको छ । क्यासिनोले भने लाइसेन्स फेरि पाउन र सामाजिक विश्वास कायम गर्न भरमग्दुर प्रयास गर्ने भएको छ ।
आपराधिक गतिविधि बढेसँगै अस्ट्रेलियाका जुवाघरहरुलाई व्यवसाय सञ्चालन गर्न नै अप्ठ्यारो भएको छ । स्टारले सम्पत्ति शुद्धीकरणमा योगदान गरेको र संगठित अपराध गरेको आरोप लागेको थियो । सोमबार कम्पनीविरुद्ध अधिकतम जरिवाना तोकिएको हो ।
यद्यपि अझै क्यासिनो सञ्चालन भने हुनेछ तर त्यसको लागि नियामकीय तर्फबाट एक मेनेजरले समेत अनुगमन गर्नेछन् । शुक्रबारदेखि भने उसले लाइसेन्स नपाएसम्म सञ्चालन गर्न नपाउने भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया