कान्ये वेस्टले सामाजिक सञ्जाल ‘पार्लर’ किन्ने
अमेरिका । चर्चित गायक कान्ये वेस्टले सामाजिक सञ्जाल पार्लर खरिद गर्ने भएका छन् । पार्लरले खरिदबिक्रीबारे घोषणा गरेको हो । गत हप्ता उनको ट्विटर र इन्स्टाग्राम एकाउन्ट लक गरिएको थियो ।
उनले विभेदकारी पोस्ट गरेको भन्दै ती कम्पनीले एकाउन्ट नै लक गरिदिएका थिए । पार्लर पनि एक सामाजिक सञ्जाल हो । यसलाई खासगरी अमेरिकी परम्परागत विचारधाराका मानिसहरुले प्रयोग गर्ने गरेका छन् । यसलाई मुख्य सामाजिक सञ्जालको वैकल्पिक सञ्जालका रुपमा लिइन्छ ।
पार्लरका प्रमुख कार्यकारी अधिकृत जर्ज फार्मले येले अब सामाजिक मिडियाबाट कहिल्यै हट्नु नपर्ने बताएका छन् ।
कान्येले किन्ने पक्का भए पनि कतिमा खरिदबिक्री हुनलागेको भन्ने पूरा खुलिसकेको छैन । यससम्बन्धी सम्झौता भने यही वर्षको अन्तिम त्रैमासिकमा हुने बताइएको छ । पछि पनि प्राविधिक सहायता उपलब्ध गराउने गरी सम्झौता हुनलागेको हो । यो एप गत महिना ९० हजार पटक विश्वव्यापी रुपमा डाउनलोड भएको थियो । तुलनात्मक रुपमा ट्विटर भने ९० लाखपटक डाउनलोड भएको छ ।
पार्लर न्यासभिल्ले, टेनिसीमा रहेको कम्पनी हो । सन् २०१८ मा यसको स्थापना भएको थियो । यसका डेढ करोड दर्ता भएका प्रयोगकर्ता छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया