‘दिल्ली–काठमाडौँ सम्बन्धको आधार : जनस्तरको सुदृढ सम्बन्ध’
नयाँदिल्ली । भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्माले नेपाल र भारतबीचको सम्बन्धको आधार दुई देशका जनाताबीचको सुदृढ सम्बन्ध हो भनेका छन् । मंगलबार दिपावली उत्सवका अवसरमा नयाँदिल्लीमा आयोजित कार्यक्रममा उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध कहिल्यै नटुट्ने बताए ।
भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा दुवै देशका जनताबीचको सहकार्य र साझेदारीलाई प्रवद्र्धन गर्दै उनीहरूलाई स्नेहको सूत्रमा जोड्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै राजदूत शर्माले जनता–जनता, सभ्यता र धर्मको सम्बन्ध कहिल्यै पनि टुट्न नसक्ने, देशमा भिन्नता भए पनि जनतासँगको सम्बन्ध निरन्तर रहने बताउँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै देश लाग्नुपर्नेमा जोड दिए ।
जनता–जनताबीचको सम्बन्ध बलियो हुँदा नै नेपाल–भारत सम्बन्ध दिगो हुने बताउँदै राजदूत शर्माले वर्तमान समयमा व्यापार, लगानी र पर्यटनलगायत क्षेत्रबाटै आर्थिक विकासका लक्ष्य हासिल हुनसक्ने यथार्थ प्रस्तुत गरे । उनले दुवै देशका प्रधानमन्त्रीबाट नयाँदिल्ली र काठमाडौँको भ्रमणपछिका छ महिनामा आर्थिक विकासका निम्ति काम भइरहेको बताए । रासस/एएनआई
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
- एमडीएमएस प्रणाली तत्काल लागू गर्न माग
- ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया