Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ओला इलेक्ट्रिकको कमाल

भारतमा ओला इलेक्ट्रिकको कमाल


नयाँ दिल्ली । दुईपांग्रे सवारीसाधन बिक्रीमा ओला इलेक्ट्रिकले चर्चित कम्पनीलाई उछिनेको छ । भारतमा उक्त कम्पनीले चर्चित कम्पनीहरु बजाज अटो, टीभीएसलगायतलाई पछि पारेको हो । अक्टोबरमा भारतमा ६८ हजार तीन सय २४ वटा दुई पांग्रे सवारीसाधन बिक्री भएको तथ्यांकले देखाएको छ ।

उक्त महिनामा ओलाले १५ हजार ९५ वटा सवारीसाधन बिक्री गरेर पहिलो स्थानमा परेको हो । कम्पनीले सेप्टेम्बरमा ९ हजार ८७५ वटा दुईपांग्रे बिक्री गरेको थियो । बिजनेस स्ट्यान्डर्डको रिपोर्टअनुसार सेप्टेम्बरको तुलनामा अक्टोबरमा धेरै दुईपांग्रे बिक्री भएका छन् ।

यसअनुसार बजाज अटोले अक्टोबरमा तीन हजार दुई सय ६५ वटा बिक्री गरेको छ । कम्पनीले सेप्टेम्बरमा दुई हजार छ सय एक वटा सवारीसाधन बिक्री गरेको थियो । त्यस्तै टीभीएसले अक्टोबरमा तीन हजार नौ सय ८७ वटा र सेप्टेम्बरमा दुई हजार छ सय एक वटा दुईपांग्रे बिक्री गरेको छ ।

यता हिरो इलेक्ट्रिकले अक्टोबरमा आठ हजार ३४ वटा र सेप्टेम्बरमा आठ हजार एक सय ९९ वटा, ओकिनावाले अक्टोबरमा ११ हजार सात सय ५४ र सेप्टेम्बरमा आठ हजार चार सय ९४ वटा दुईपांग्रे बिक्री गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया