Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१६ वर्षमै मतदान गर्न पाउने व्यवस्था गर्दै न्युजिल्याण्ड

१६ वर्षमै मतदान गर्न पाउने व्यवस्था गर्दै न्युजिल्याण्ड


विलिङटन । न्युजिल्याण्डले मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने निर्णय गर्ने भएको छ । देशका सांसदले राष्ट्रिय मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने नझार्ने भन्ने विषयमा मतदान गर्ने भएका छन् ।

देशको सर्वोच्च अदालतले १६ र १७ वर्ष उमेर समूहका जनसङ्ख्यालाई मतदान गर्न अनुमति नदिने उमेर भेदभावको रुपमा फैसला आएपछि प्रधानमन्त्री जसिन्डा अर्डेनको उक्त घोषणा सार्वजनिक भएको हो । उनले व्यक्तिगतरुपमा उमेर घटाउने पक्षमा रहेको बताउँदै त्यसनिम्ति सांसदको बहुमत अर्थात् सात सय ७५ मत आवश्यक पर्छ । उदारवादी लेबर पार्टीकी नेत्री उनले मतदानको उमेर परिवर्तन गर्न सांसदको स्पष्ट अभिमत आत्यावश्यक भएको बताएकी छिन् ।

विश्वका धेरै देशले मतदाताको उमेर घटाउने सम्बन्धमा बहस गरिरहेका छन् भने अष्ट्रिया, माल्टा, ब्राजिल, क्युबा र इक्वेडरले १६ वर्षमा नै मतदानको अधिकार दिएका छन् । न्युजिल्याण्डको ‘मेक इट सिक्सटिन’ अभियानका सहनिर्देशक सनत सिंहले अदालतको निर्णयबाट आफू अत्यन्त उत्साहित भएको बताएकी थिइन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया