Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइन्डोनेसियामा भूकम्प

इन्डोनेसियामा भूकम्प


बाली । इन्डोनेसियाको मुख्य जाभा टापुमा गएको भूकम्पमा परी सयभन्दा बढीको मृत्यु भएको छ । बीबीसीका अनुसार सोमबार राति अबेरसम्म मृत्यु हुनेको संख्या एक सय ६२ नाघेको छ । भूकम्पमा परी सयौँ घाइते समेत भएका छन् ।

पश्चिम जाभाको सियान्जुर सहरमा ५.६ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भे तथ्यांकअनुसार सतहको १० किमि गहिराइमा भूकम्प गएको हो । भूकम्पलगत्तै प्रभावित मानिसको उद्धार थालिएको थियो भने घाइतेलाई अस्पताल पु¥याइएको थियो । अस्पतालको बाहिर नै राखेर घाइतेको उपचार गरिएको जनाइएको छ ।

ठूला भवनहरु भत्किँदा मानिसहरु च्यापिएको बताइएको छ । भूकम्प गएको स्थानमा उच्च जनघनत्व रहेको छ । घरहरुसमेत राम्रोसँग नबनाइएका कारण ठूलो जनधनको क्षति हुनपुगेको बीबीसीले जनाएको छ । घाइते र मृत्युको संख्या एकीन हुन नसकेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया