Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वकप फुटबल : दुई पटकको विश्वविजेता अर्जेन्टिनाको साउदी अरेबियासँग नाटकीय हार

विश्वकप फुटबल : दुई पटकको विश्वविजेता अर्जेन्टिनाको साउदी अरेबियासँग नाटकीय हार


कतार । जारी फिफा विश्वकपअन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ । दुई पटकको विश्वकप विजेतालाई एसियाली देश साउदी अरेबियाले २–१ ले पराजित गर्दै विश्वकप इतिहासमै नयाँ कीर्तिमान राखेको हो ।

खेलको पहिलो हाफमा अर्जेन्टिनाका लियोनल मेस्सीले पेनाल्टीबाट अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरुमा सालेह अल–शेहरीले बराबरी गरे र सलेम अल–दवसारीले सनसनीपूर्ण गोल अर्को गोल गरे ।

विश्वकप जित्ने दाबेदार मध्येको एक रहेको अर्जेन्टिनाले लुसेल रंगशालामा हारबाट जोगाएको भए ३७ खेल अपराजित रहेको इटालीको कीर्तिमान बराबरी हुने तर त्यसो हुन सकेन । उच्चस्तरको फुटबल टोली अर्जेन्टिना कमजोर आँकिएको साउदी अरेबियासँग हारेपछि यसलाई विश्वकप इतिहासको नाटकीय खेलको संज्ञा दिइएको छ । फिफा विश्व वरीयतामा साउदी अरेबिया ५१औँ स्थानमा र अर्जेन्टिना तेस्रो स्थानमा छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया