Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वकपमा अर्को रोमाञ्चक नतिजा

विश्वकपमा अर्को रोमाञ्चक नतिजा


कतार । बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चार पटकसम्म विश्वविजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए पनि जापानका खेलको ७५औँ मिनेटमा रित्सु डोआन र ८३औँ मिनेटमा ताकुमा असानोले गरेको गोलको मद्दतमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

जर्मनी विश्वकप फुटबलको दाबेदारमध्येको एउटा टोली हो भने जापान एसियाको राम्रो भविष्य बोकेको उदीयमान समूह हो । यसअघि, विश्वकप समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । यसअघि मंगलबार अर्को एसियाली देश साउदी अरेबियाले दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई २–१ ले नै हराएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया