Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररूस थप मल निर्यात गर्न तयार : पुटिन

रूस थप मल निर्यात गर्न तयार : पुटिन


मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

‘रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोधहरू सिर्जना गरेका छन्, जसले विश्व बजारमा नकारात्मक प्रभाव पारिरहेको छ’, पुटिनले खनिज उत्पादन र व्यापार आयोगका अध्यक्ष दिमित्री माजेपिनसँगको भेटमा भने ।

विभिन्न रूसी कम्पनीहरूले उत्पादन गरेका चार लाख टनभन्दा बढी मल प्रतिबन्धका कारण युरोपेली बन्दरगाहहरूमा हाल थुनिएको भेटमा माजेपिनले पुटिनसँग बताए । उनले भने, ‘यो अवस्था वास्तवमै कठिन छ । सबै कम्पनीले यो समस्या भोगिरहेका छन् । हामीले विभिन्न तरिकाले समस्या समाधान गर्ने प्रयास गर्यौं ताकि विशेष गरी अफ्रिकी देशहरूसहित विकासशील बजारहरूको लागि बनाइएको मलहरू आपुर्ति गर्न सकियोस् ।’

रुसी अधिकारीहरू संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र विभिन्न अफ्रिकी देशका नेताहरूसँग सम्पर्कमा रहेको पुटिनले बताएका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया