Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याजदर समायोजन

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याजदर समायोजन


कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले बिहीबार आफ्नो स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः १४.५० प्रतिशत र १५.५० प्रतिशत कायम राख्ने निर्णय गरेको छ ।

मौद्रिक बोर्डले आन्तरिक तथा विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित पछिल्लो र अपेक्षित घटनाक्रमका साथै समष्टिगत आर्थिक प्रक्षेपणलाई ध्यानमा राखेर उक्त निर्णय गरेको बैंकले जनाएको छ । बोर्डले अर्थतन्त्रमा कुनै पनि मागमा आधारित मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्न कडा मौद्रिक नीतिको अडानमा अडिग रहनु आवश्यक रहेको उल्लेख गरेको छ ।

यसले दक्षिणपूर्वी एशियाली मुलुकलाई आर्थिक बर्षको मध्यमा ४ देखि ६ प्रतिशतको लक्षित सीमातर्फ मुद्रास्फीति घटाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया