Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपोल्याण्डले दोस्रो विश्वयुद्धको क्षतिपूर्ति माग्दै ईयूलाई कूटनीतिक नोट पठायो

पोल्याण्डले दोस्रो विश्वयुद्धको क्षतिपूर्ति माग्दै ईयूलाई कूटनीतिक नोट पठायो


वार्स । पोल्याण्डले जर्मनीविरुद्धको युद्धको क्षतिपूर्तिको दाबी गर्दै युरोपेली संघ (ईयु) का सबै देशहरू, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र काउन्सिल अफ युरोपलाई कूटनीतिक नोट पठाएको छ । पोल्याण्डका उपविदेशमन्त्रीले दिएको जानकारीअनुसार सेप्टेम्बर १ मा पोल्याण्ड सरकारले दोस्रो विश्वयुद्धमा पोल्याण्डले भोगेको भौतिक क्षतिको विस्तृत विवरण प्रस्तुत गरेको थियो। यसले जर्मनीसँग १.३ ट्रिलियन युरो को आर्थिक क्षतिपूर्ति मागिरहेको छ ।

पोल्याण्डको विदेश मन्त्रालयले जर्मनीलाई युद्धको क्षतिको क्षतिपूर्तिको लागि अनुरोध गर्दै कूटनीतिक नोट पठाएको हो । यद्यपि जर्मनीले पोल्याण्डलाई क्षतिपूर्तिको मुद्दाका विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन । प्रतिवेदन तयार गर्ने जिम्मा लिएको टोलीको नेतृत्व गरेका पोल्याण्डका उपविदेशमन्त्री अर्काडियस मुलार्कजिकले पोल्याण्ड प्रेस एजेन्सी (पीएपी) लाई कूटनीतिक नोट कूटनीतिज्ञ, राजनीतिज्ञ, मानवअधिकारसँग संलग्न र अन्तरराष्ट्रिय वकिलहरूलाई जानकारी गराउन पठाइएको बताए । उनले भने, ‘युरोपेली र अन्तरराष्ट्रिय कानुनको शासन, मानव अधिकारसँग सरोकार राख्छ ।’

मुलार्कजिकले प्रतिवेदन कागजातले जर्मनीले युद्धको परिणामस्वरूप पोल्याण्डले भोगेको नोक्सानलाई व्यवस्थित नगरेको देखाएको छ । यसले लुटेका कलाकृतिहरू एवं बैंक सम्पत्तिहरू फिर्ता गरेको देखिँदैन । पोलिस नागरिकहरूलाई जर्मनीको आक्रामकताको परिणामस्वरूप उनीहरूले भोगेको क्षतिको लागि क्षतिपूर्ति दिएको थियो ।

बर्लिनले पोल्याण्डसँगको आफ्नो खाता नमिलेको र वार्साले पठाएको कूटनीतिक नोटको जवाफ पनि नदिएको भन्दै पोल्याण्डले यस विषयमा अन्तर्राष्ट्रियस्तरमा छलफल सुरु गर्न चाहेको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया