जागुआर ल्यान्ड रोभरले बेलायती फ्याक्ट्रीमा उत्पादन घटाउने
लण्डन । जागुआर ल्यान्ड रोभरले बेलायती कारखानामा उत्पादन घटाउने भएको छ । चिप अभावका कारण जागआरले यस्तो निर्णय गरेको बताइएको छ । आगामी स्प्रिङ (वसन्त) ऋतुसम्म उत्पादन कटौती गर्ने कम्पनीले जनाएको छ ।
यसले जागुआर एफ–पेस र ल्यान्ड रोभर डिस्कभरी स्पोर्ट मोडललाई असर गर्नेछ । यो बेला जेएलआरले कम्पनीलाई नाफा दिने मोडल रेन्ज रोभरलगायतमा बढी केन्द्रित हुने जनाएको छ । पछिल्ला महिनाहरुमा यी कारहरु उत्पादन बढाइएको थियो । जेएलआरका स्लोभाकियाको नित्रामा रहेको कारखानामा भने उत्पादन कटौती गरिएको छैन ।
आधुनिक कारहरु कम्प्युटर चिपमा आश्रित हुन थालेका छन् । यात्रा प्रणालीका धेरै कुरा नियन्त्रण गर्न चिपको आवश्यकता पर्छ । जस्तो कि एन्टिलक ब्रेकिङ, कार्बन उत्सर्जन नियन्त्रणदेखि स्याटेलाइट नेभिगेसन र इन कार इन्टरटेनमेन्टलगायतका लागि चिपको बढी प्रयोग हुन्छ । कोभिड महामारीका बेला पूर्वी एसियाबाट चिप आपूर्ति ठप्पप्रायः भएको थियो । त्योसँगै कारबजारमा चिपको हाहाकार भएको थियो । बेलायती कारखानाबाट अक्टोबरमा ६९ हजार पाँच सय २४ कार उतपादन भएको थियो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.४ प्रतिशतले बढी हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया