कोभिड लकडाउनको चीनभर विरोध प्रदर्शन
बेइजिङ । चीनको शांघाई र अन्य ठूला सहरमा कोभिड १९ नियन्त्रणका लागि लगाइएको लकडाउनको विरोधमा प्रदर्शन भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार विश्वविद्यालय, क्याम्पसलगायतमा समेत चीन सरकारको शून्य कोभिड नीतिको खुलेर विरोध भएको हो ।
खुल्ला रुपमा विरोध प्रदर्शन हुनुलाई चीनमा विरलै मानिन्छ । सी चिनफिङले राष्ट्रपतीय तेस्रो कार्यकाल सुरु गरेको एक महिना नबित्दै देशका धेरै भागमा सरकारी नीतिको खुलेर विरोध प्रदर्शन भएको हो । गत बिहीबार सिन्जियाङको राजधानी उरुम्कीमा आवासीय भवनमा आगलागी भएको थियो । त्यो घटनामा १० जनाको मृत्यु र ९ जना घाइते भएका थिए । त्यसपछि विरोध प्रदर्शन सुरु भएको थियो ।
कोभिड कडाइको कारण धेरै घाइतेलाई अस्पताल पु-याउन र भवन छाड्न नदिइएको भन्दै विरोध भएको हो । त्यसको अर्को दिन सयौँ आवासीय मानिसहरुले उरुम्कीका सडकमा लकडाउन अन्त्य गर्न माग गरेका थिए । लकडाउनको कदमले ४० लाख मानिसलाई सय दिनसम्म आफ्नो घर छाड्न रोक लगाएको छ । शनिबार सिन्जियाङका सरकारी अधिकारीहरुले चरणबद्ध रुपमा कोभिड लकडाउन हटाउने बताए पनि विरोध प्रदर्शन रोक्न नसकेको बताइएको छ । खासगरी युवा विद्यार्थीमाझ आक्रोश बढिरहेको छ ।
चिनियाँ राजधानी सहर बेइजिङमा समेत मानिसहरु भेला भएर स्थानीय सरकारी अधिकारीसँग आमनेसामने भएका छन् । बेइजिङ, सियान, नान्जिङ, चोन्किङ, छेन्दु, वुहान र अन्य सहरका विश्वविद्यालयमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा समेत विरोध प्रदर्शनका भिडिओहरु भाइरल भएको बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया