Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकम्बोडिया व्यावसायिक सुन उत्पादनमा अग्रसर

कम्बोडिया व्यावसायिक सुन उत्पादनमा अग्रसर


कम्बोडिया । कम्बोडियाले गत वर्ष जुनमा व्यावसायिक उत्खनन सुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको सोल्युसनसहित ४.८२ टन डोरे बार उत्पादन गरेको खानी तथा ऊर्जा मन्त्री सुय सेमले बुधबार बताएका छन् ।

मन्त्री सेमले देशमा हाल रेनेसान्स मिनरल्स, डेलकम कम्पुचेआ, सिन्सान इन्डस्ट्रियल (कम्बोडिया), र जिङ युआन काङ येक गरी चारवटा सुन खानी कम्पनी सञ्चालनमा रहेको बताएका छन् । सेमका अनुसार रेनेसान्स मिनरल्सले हालसम्म चार हजार पाँच सय ९८ केजी डोरे बार, डेलकम कम्पुचियाले १६० किलो, सिन्सान इन्डस्ट्रियल कम्बोडियाले ४५ किलो र सिङ युआन काङ याकले २२ किलोग्राम परिष्कृत सुन उत्पादन गरेका छन् । दक्षिणपूर्वी एसियाली राष्ट्रले जुन २०२१ मा उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तको केओ सेमा जिल्लाको सुन खानी स्थलमा पहिलो पटक व्यावसायिकरूपमा सुन निकाल्न उत्खनन गर्न हो । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया