अमेरिकी चिप प्लान्टमा ताइवानी कम्पनीको ४० अर्ब डलर लगानी
अमेरिका । कम्प्युटर चिप निर्माता टीएसएमसीले अमेरिकी ठूलो चिप प्लान्टमा आफ्नो लगानी तेब्बरले बढाउने भएको छ । कम्पनीले उक्त प्लान्टमा ४० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको बीबीसीले जनाएको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलोमध्येको विदेशी लगानी हो । अमेरिकी राष्ट्रपति जो बाइडेन र ताइवानी कम्पनीका मालिकले एरिजोना राज्यमा संयुक्त रुपमा कारखाना खोल्दै यस्तो घोषणा गरेका हुन् ।
बाइडेन प्रशासनले अब फोनदेखि सैन्य जहाजसम्मका लागि चाहिने मुख्य कुरा चिपको उत्पादन अमेरिकामै गर्न जोड दिइरहेको छ । टीएसएमसी विश्वकै ठूलो माइक्रो चिप निर्माता हो । जसका ग्राहक अन्य ठूला कम्पनीहरु रहेका छन् । त्यसमध्ये आइफोन निर्माता एप्पल समेत एक रहेको छ ।
एरिजोनाको प्लान्टले ३–एनएम र ४–एनएम चिप उत्पादन गर्नेछ जुन आईफोन प्रोसेसरमा प्रयोग हुन्छ । सेमिकन्डक्टर चिपहरुलाई कहिलेकाहीँ स्मार्टफोन, कार र एआई प्रविधिको मस्तिष्क पनि भनिन्छ । टीएसएमसीका प्रमुख मार्क ल्युले कम्पनीले दुईखाले सेमिकन्डक्टर फेब्रिकेसन प्लान्ट बनाउने बताए । जसमध्ये पहिलो सन् २०२४ सम्म बनिसक्नेछ । यसको कुल लगानी ४० अर्ब डलर लाग्नेछ । कम्पनीले ताइवान गरेको यो सबैभन्दा धेरै लगानी हो । यता बाइडेनका लागि पनि यो लगानी निकै ठूलो र महत्वपूर्ण रहेको छ । अमेरिका–चीन तनाव बढिरहेका बेला चिप अभावले आपूर्ति प्रणालीमा नै असर गर्ने गरेको छ ।
टीएसएमसीसँगको यो सम्झौता भने सन् २०२० मै भएको थियो जतिबेला डोनाल्ड ट्रम्प राष्ट्रपति थिए । पछिल्लो घोषणामा भने लगानीको आकार निकै बढेको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया