Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरान एयरद्वारा युरोपका लागि उडान रोक्ने निर्णय

इरान एयरद्वारा युरोपका लागि उडान रोक्ने निर्णय


काठमाण्डौं,फागुन २६

इरानी वायुसेवा प्रदायक इरान एयरले अर्को सूचना नहुँदासम्मका लागि युरोपका लागि उडानहरू नगर्ने आइतबार घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको संक्र्रमण भइरहेको समय इरानले उक्त निर्णय लिए पनि यो संक्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको छ । कोरोना संक्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १ सय ९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।इरानी वायुसेवा कम्पनीले आइतबार एक विज्ञप्ति जारी गरी अर्को सूचना नहुँदासम्मका लागि युरोपका लागि सबै उडान रोक्ने निर्णय सार्वजनिक गरेको हो । यद्यपि इरानले यसलाई कोरोनाभाइरसको महामारी नियन्त्रणको उपायका लागि लिइएको निर्णय नभई युरोपेली अधिकारीहरूले विना कारण लगाएको ‘प्रतिबन्ध’पछि चालिएको कदम बताएको छ ।

युरोपेली उड्डयन सुरक्षा निकाय (ईएएसए)ले खासगरी एउटा एयरबस ए३२१–२०० र अन्य दुईवटा एयरबस ए३३०–२०० इरान एयरका विमानलाई युरोपेली आकाश प्रयोग गर्नमा गत फेब्रुअरी ३ देखि रोक लगाएको घोषणा गरेको थियो । ती विमानले अन्तर्राष्ट्रिय वायुसेवा नियम अनुसार उनीहरूलाई अद्यावधिक (सुधार) नगरेका र यूरोपेली आकाश प्रयोग गर्न अयोग्य भएको इएएसएले आरोप लगाएको छ ।
स्वीडेनले यही मार्च २ मा एयर इरानलाई दिएका सबै स्वीकृतिलाई अस्थायीरूपमा रद्द गरिएको जनाएको थियो । तर उक्त निर्णयमा तेहरानले कोरोना भाइरसको महामारीलाई रोक्न इरानले गरेका प्रयास प्रयाप्त नभएकाले भाइरस संक्रमण नभएको उल्लेख गरिएको थियो । इरानी ध्वजावाहक यस विमान कम्पनीले पेरिस, लण्डन, आर्मस्टर्डम, स्टकहोम, फ्रांकफर्ट, भियना तथा रोमलगायत युरोपका धेरैस्थानहरूमा उडान भर्दै आएको थियो ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया