Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयरबजारमा एकै दिन लगानीकर्ताले गुमाए ६५ खर्ब भारु

भारतीय सेयरबजारमा एकै दिन लगानीकर्ताले गुमाए ६५ खर्ब भारु


नयाँ दिल्ली, फागुन २७
भारतीय सेयरबजारमा एकै दिन लगानीकर्ताले ६५ खर्ब भारु गुमाउनुपरेको छ । विश्वमा विकसित पछिल्ला घटनाक्रमले विश्व सेयरबजार नै प्रभावित बनिरहेको अवस्थामा भारतीय सेयरबजारमा पनि त्यसको प्रभाव परेको हो । सोमबार बम्बई स्टक एक्सचेन्ज (बीएसई)को सेन्सेक्स १९४२ अंकले घटेको थियो । त्यस्तै नेशनल स्टक एक्सचेन्ज (एनएसई)को निफ्टी ५३८ अंकले झरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेयरबजारमा यस्तो गिरावटपछि भारतीय लगानीकर्ताले उक्त रकम गुमाउनुपरेको हो । सेन्सेक्सको गिरावट हालसम्मकै ठूलो भएको नवभारत टाइम्सले जनाएको छ । खासगरी कोरोना भाइरसको बढ्दो फैलावट र अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा आएको गिरावटले सेयरबजार घटेको बताइएको छ । यसबाहेक भारतका पाँच ठूलामध्ये पर्ने एस बैंक संकटमा फस्नुले पनि सेयरबजारमा प्रभाव पारेको हो ।

तेल उत्पादक देशहरुबीचको वार्ता असफल भएपछि साउदी अरेबियाले उत्पादन बढाउने निर्णय गरेको छ । विश्वमा कोरोना संक्रमण तीव्र बनेपछि कच्चा तेलको माग घटेको सन्दर्भमा मूल्य ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । खाडी युद्धपछि कच्चा तेलको मूल्यमा हालसम्मकै ठूलो गिरावट आएको छ । यसलाई पनि भारतीय सेयरबजार घट्नुको कारण मानिएको छ । उता कोरोनाले अधिकांश देशमा आर्थिक नोक्सानी पुगेको छ । संक्रमित संख्या १ लाख नाघ्दा मृत्यु हुने संख्या समेत ३५ सयभन्दा बढी पुगेको छ । त्यस्तै यी घटनाक्रमले लगानीकर्तामा वित्तीय स्थिरतालाई लिएर चिन्ता थपिनु पनि सेयरबजार ओरालो लाग्नुको अर्को कारण मानिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया