अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ सुरू
नयाँ दिल्ली । अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ औपचारिक रूपमा सुरू भएको छ । सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गर्ने संयुक्त राष्ट्रसंघको महासभाको प्रस्तावको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले गरेको थियो ।
प्रस्तावलाई ७२ देशले समर्थन गरेका छन् । महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा सन् २०२१ को मार्चमा गरेको थियो । भारतले कोदोको महत्वलाई पहिचान गर्न र समुदायलाई पौष्टिक भोजन प्रदान गर्नुका साथै घरेलु र विश्वव्यापी माग सिर्जना गर्न जोड दिएको छ ।
कोदोको महत्व र फाइदा
उच्च प्रोटिन स्तर र अधिक सन्तुलित एमिनो एसिड प्रोफाइलको कारण कोदो गहुँ र चामलभन्दा पौष्टिक रूपमा उत्तम छ । कोदोमा विभिन्न ‘फाइटोकेमिकल्स’ पनि हुन्छन् जसले मानिसको ‘एन्टी–इन्फ्लेमेटरी’ र ‘एन्टी–अक्सिडेटिभ’ गुणहरूको कारण चिकित्सीय गुणहरू प्रयोग गर्दछ । यसबाहेक, कोदो भिन्नभिन्न हावापानीमा लगाउनसकिने हुँदा कोदोलाई विश्वभर उत्पादन गर्न सकिन्छ । कोदो कार्बोहाइड्रेट, प्रोटिन, आहारजन्य फाइबर र राम्रो गुणस्तरको चिल्लो पदार्थजस्ता पोषक तत्वहरूको समृद्ध स्रोत हो । क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, म्याग्नीज, जिंक र बी कम्प्लेक्स भिटामिनजस्ता खनिजहरू यसमा पाइन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा, कोदो उत्पादनका लागि रासायनिक मलको प्रयोग आवश्यक पर्दैन ।
परम्परागत रूपमा कोदोको खपत गरिन्थ्यो, तर सन् १९६० को दशकमा हरित क्रान्तिमार्फत खाद्य सुरक्षालाई दिइएको धक्काका कारण कोदोको खपत कम भयो र लगभग बिर्सियो ।
भारतमा हरित क्रान्ति अघि, कोदोले सबै खेती गरिएको अन्नको लगभग ४० प्रतिशत हिस्सा ओगटेको थियो, जुन पछिल्ला वर्षहरूमा लगभग २० प्रतिशतमा झरेको छ । कोदोको खपत घटेको मात्र होइन, उत्पादन हुने क्षेत्रलाई व्यावसायिक बाली, तेलहन, दलहन र मकैले प्रतिस्थापन गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया