Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा पेट्रोलको मूल्य लगातार छैठौँ दिन सस्तो

भारतमा पेट्रोलको मूल्य लगातार छैठौँ दिन सस्तो


नयाँ दिल्ली, फागुन २८
अन्तर्राष्ट्रिय कच्चा तेलको भाउ लगातार सस्तो बनिरहँदा भारतमा पेट्रोल र डिजेलको मूल्य पनि सस्तिँदै गएको छ । भारतीय मिडियाहरुका अनुसार मंगलबार लगातार छैठौँ दिन भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएको हो । नवभारत टाइम्सका अनुसार छैठौँ दिन नयाँ दिल्लीमा पेट्रोल १.१५ भारु र डिजेल १.०२ भारुले सस्तो भएको छ । दिल्लीबाहेक अन्य सहरमा पनि पेट्रोलियम पदार्थको मूल्य कम हुँदै गएको छ । कम्तीमा प्रतिलिटर १ भारुले सस्तो भएको छ ।

मंगलबार दिल्ली, कोलकाता, मुम्बईमा पेट्रोल सस्तो भएको छ । नियमनकारी निकायले भाउ घटाइरहेको सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार सोमबार ह्वात्तै घटेको कच्चा तेलको मूल्य पुनः फर्किएको छ । ब्रेन्ट क्रुड ७.१९ प्रतिशतले बढेर ३६.८३ डलर, अमेरिकी लाइट क्रुड वेस्ट टेक्सास इन्टरमेडिएट ६.८४ प्रतिशतले बढेर ३३.२६ डलर प्रतिब्यारेल कारोबार भएको छ । यसअघि सोमबार ३१.२७ डलरसम्म कच्चा तेलको मूल्य गिरावट आएको थियो । इन्डियन आयल निगमको वेबसाइटअनुसार दिल्ली, कोलकाता, मुम्बई र चेन्नईमा क्रमशः पेट्रोल प्रतिलिटर ७०.२९, ७२.९८, ७५.९९ र ७३.०२ भारुमा झरेको छ । त्यस्तै डिजेलको भाउ पनि क्रमशः ६३.०१, ६५.३४, ६५.९७ र ६६.४८ भारु प्रतिलिटरमा पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया