बीएमडब्ल्यूले ल्याउँदै छ आफैँ रंग बदल्ने नयाँ कार
अमेरिका । बीएमडब्लुले कन्जुमर इलेक्ट्रोनिक्स शोमा नयाँ ‘कन्सेप्ट कार’ सार्वजनिक गरेको छ । कम्पनीले मालिकको ‘मुड’अनुसार आफ्नो रंग फेर्न सक्ने फ्युचरिस्टिक कारको अवधारणा सार्वजनिक गरेको हो ।
दुईवटै कार हेर्दा एकैखालका छन् भने दुवैलाई कम्पनीले ‘आई भिजन डी’ नै भनेको छ । ‘डी’को अर्थ डिजिटल इमोसनल एक्सपिरियन्स अर्थात् डिजिटल भावानुभूति भन्ने हुन्छ। त्यसमध्ये एउटा कारमा रंग परिवर्तन हुने प्यानेलहरु रहेका छन् ।
बीएमडब्ल्युले सीईएसमा गत वर्ष नै रंग बदल्ने कन्सेप्ट देखाइसकेको थियो तर त्यतिखेर खैरो रंगको प्रकारहरुमा मात्रै यस्तो परिवर्तन देखिएको थियो । यो वर्ष भने द आई भिजन डीले रंगको पूरै प्यालेट नै बदल्न सक्छ। अर्थात् यसले एकैपटक फरक रंगहरु देखाउन सक्छ । अरु त अरु टायरको रंग पनि यो कारले बदल्न सक्छ ।
त्यस्तै अर्को आई भिजन डी कन्सेप्टचाहिँ ‘युजर इन्टरफेस’को नयाँ अवधारणायुक्त रहेको छ । जुन कसरी ड्राइभर र पेसेन्जरले गाडीसँग अन्तक्र्रिया गर्नसक्छन् भन्नेसँग सम्बन्धित छ । यसमा युजर इन्टरफेसको मतलब कारभित्रबाट मात्रै भन्ने होइन ।
बाहिर कारको अगाडितिर, हेडलाइट्स र मेटलबारको स्क्रिनमा साँच्चैको डिस्प्ले प्यानेल रहेको छ । यसले फरक आकारप्रकारमा अनुहारको भावभंगीहरुजस्तै देखाउनसक्छ । कारले फरक ‘मुड’ र ‘रियाक्सन’हरु जस्तो कि आज्ञा, खुसीजस्ता कुराहरु प्रतिक्रियास्वरुप दिन सक्ने बीएमडब्लुले जनाएको छ । त्यस्तै उक्त कारमा हेड–अप डिस्प्ले पनि छ तर आई भिजन डी कन्सेप्टका डिस्प्लेले पूरै विन्डशिल्ड वरपर कभर गर्न सक्छ । यो विशेषखालको फिचरलाई बीएमडब्लुले सन् २०२५ मा उत्पादन सुरु हुने गाडीमा प्रयोग गर्ने योजना बनाएको छ ।
अन्य हेडअप डिस्प्लेहरुले नेभिगेसन क्यु वा धेरै इन्भल्भ्ड इमेजहरु समावेश गर्ने प्रोजेक्टेड इमेजहरु देखाउने बताइएको छ । ती इमेज एकदमै पारदर्शी हुनेछन् । कन्सेप्ट कारमा इमेजहरुलाई साइड विन्डोजहरुमा समेत प्रोजेक्ट गर्न सकिन्छ । जस्तो कि ड्राइभरले नै डिजिटल अवतार छान्न सक्छ जसले ड्राइभर गाडी नजिक पुग्नासाथ साइड झ्यालमा ती इमेज प्रोजेक्ट गर्न सकिन्छ ।
आधारभूत ड्राइभिङ सूचनादेखि कार्टुन क्यारेक्टरसम्मका विन्डशिल्ड र विन्डो डिस्प्लेमा देखिने कन्टेन्टलाई ड्यासबोर्डमा रहने एउटा स्वचालित स्लाइडरबाटै नियन्त्रण गर्न सकिन्छ । यसलाई ‘मिक्स्ड रियालिटी स्लाइडर’ भनिएको छ । जो सरफेसको सेन्सरले एउटा फिंगर स्लाइडिङ पत्ता लगाएपछि ड्यासबोर्डमा प्रोजेक्ट हुन्छ । विन्डो डिस्प्लेहरुमा युजरले पाँच फरक डिजिटल कन्टेन्टबाट छनोट गर्न पाउँछन्। यसको लेभल रेन्ज आधारभूत ड्राइभिङ इन्फरमेसनदेखि बाहिर को, के छ भन्नेसम्मका कुरासँग सम्बन्धित छ ।
आई भिजन डी एसयूभी नभई एक सेडान कार हो । जुन कम्पनीको गत वर्षकै कन्सेप्ट हो । बीएमडब्लु ब्रान्डको भित्री विशेषता भनेकै सेडान भएको कम्पनीले जनाएको छ । सीएनएनबाट अनुदित
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया