Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसौतिनी आमाले निजी विषय सञ्चारमाध्यममा चुहाइन्

सौतिनी आमाले निजी विषय सञ्चारमाध्यममा चुहाइन्


बेलायत । बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उनले लगाएका छन् । उनको पुस्तक स्पेयर भर्खरै बजारमा आएको छ । पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराएको आरोप लगाएका हुन् ।

बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला छन् शाही परिवारका तिक्तता र वैमनस्यबारेका विवरण समेटिएको स्पेयर बेच्न । पुस्तकमा पूर्व राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले आफ्नो शाही भूमिका र पद त्यागेर क्यालिफोर्नियामा सर्ने निर्णय गरेका सनसनीपूर्ण खुलासा गरिएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया