अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु
काबुल, तापमानमा भएको अचानक गिरावटले यहाँको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि यहाँको जनवीवन थप कष्टकर बनेको छ ।चिसाका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । साथै बद्धिस र अन्य प्रान्तमा पनि चिसोले कम्तीमा चार हजार गाईवस्तु मरेका छन् । हेरातका स्थानीय हुसेनले अवैध बसाइँसराइमा जाँदै गर्दा अत्यधिक चिसोले आफू अस्पताल भर्ना भएको बताएका छन् ।
उनले भनेका छन्, ‘हिउँका कारण हामी बाटोमा चार घन्टा रोकियौँ, यात्रा पनि कष्टकर छ ।’ हेरात क्षेत्रीय अस्पतालको तथ्यांकअनुसार यहाँ कम्तीमा ७० जना हाइपोथर्मियाका कारण अस्पताल भर्ना भएका छन् । यसैगरी चार जना लागूऔषध दुव्र्यसनीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्धिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ती सबै गोठाला रहेको बुझिएको छ ।
स्थानीय अधिकारीका अनुसार चिसोले खोस्त प्रान्तमा पाँच, फर्याबमा दुई र जज्जानमा दुई जनाको ज्यान गएको छ । यसैगरी सार–ए–पुलमा एक व्यक्तिको मृत्यु भएको थियो भने बाघलान प्रान्तमा पाँच लागूऔषध दुर्व्यसनीहरू मारिएको पनि टोलो न्युजले रिपोर्ट गरेको छ । तालिबानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि चार करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो ।
सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ । देशले हाल इतिहासमा सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया