Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलले डुबायो अम्बानीलाई, ज्याक मा नै एसियाका धनी

कच्चा तेलले डुबायो अम्बानीलाई, ज्याक मा नै एसियाका धनी


नयाँ दिल्ली, फागुन २९
भारतीय अर्बपति मुकेश अम्बानी एसियाको धनीमा दोस्रो नम्बरमा परेका छन् । उनलाई उछिन्दै अलिबाबाका संस्थापक तथा प्रमुख धनाढ्य ज्याक माले पछि पारेका हुन् । सोमबार कच्चा तेलको मूल्य उच्च दरमा विश्व बजारमा सस्तिएपछि मालाई फाइदा भएको हो । सोमबार कोरोनाको त्राससँगसँगै रुस र ओपेक सदस्य राष्ट्रहरुबीच तेल उत्पादन कटौतीमा सहमति नजुटेपछि साउदी अरेबियाले रुसलाई टक्कर दिन उत्पादन बढाउने घोषणा गरेको थियो । त्यसपछि बजारमा तेलको मूल्य प्रतिब्यारेल एक तिहाइले घटेको थियो ।

तेलको मूल्य घटेपछि इन्धनको व्यापारी समेत रहेका अम्बानीले ५ अर्ब ८० करोड डलर सम्पत्ति गुमाएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।सम्पत्ति घटेसँगै ज्याक मा एसियाको धनी बनेको ब्लुमबर्गको अर्बपति इन्डेक्सले देखाएको हो । पछिल्लोपटकको उतारचढावसँगै ज्याक माको सम्पत्ति अम्बानीको भन्दा २ अर्ब ६० करोड डलरले बढी पुगेको छ । मासँग कुल ४४ अर्ब ५० करोड डलर सम्पत्ति छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया