पीडितले भुक्तानी रोकेपछि साइबर अपराध समूहको आम्दानी घट्यो
जोय टिडी (बीबीसी) । एक अनुसन्धानले साइबर अपराधमा संलग्न समूहहरुको आम्दानी घटेको देखाएको छ । पीडितहरुमाझ -यान्सम भुक्तानी अस्वीकार गर्ने प्रवृत्ति बढेसँगै यस्ता समूहको आम्दानी ह्वात्तै घटेको देखिएको हो ।
-यान्समवेयर समूहहरुले पीडितलाई धम्क्याएर सन् २०२२ मा ४५ करोड ७० लाख डलर असुलेका छन् जुन त्यसअघिको वर्षभन्दा ३१ करोड १० लाख डलर थोरै भएको चेनालिसिसका क्रिप्टोकरेन्सी विज्ञहरु बताउँछन् ।
वास्तविक परिमाण धेरै हुनसक्ने भए पनि उनीहरुलाई पीडितहरुले थोरै मात्र भुक्तानी गरिरहेको विज्ञहरुको भनाइ छ । यद्यपि आपराधिक आयमा कमी आए पनि साइबर आक्रमणको संख्या भने बढिरहेको छ ।
विश्वका कम्पनीहरु, सरकारहरु, विद्यालयहरु र अस्पतालहरुजस्ता पीडितहरुको संख्या घटिरहेको छ । उनीहरुले बिटक्वाइनमा -यान्समलाई भुक्तानी नभएसम्म आफ्नो सूचना प्रविधि प्रणालीहरुबाट कर्मचारीलाई टाढै राख्छन् । ह्याकरहरुले खासगरी चोरेका डेटा प्रकाशित गरिदिने वा बिक्री गर्ने धम्की दिन्छन् ।
द गार्जियन पत्रिका, द रोयल मेल डेलिभरी कम्पनी र सिक किड्स कनेडियन चिल्ड्रेन्स हस्पिटल भर्खरै पीडित भएका उच्च संस्था तथा कम्पनी हुन् । धेरैजसो -यान्समवेयर क्रुहरु रुसबाट रहेको बताइन्छ यद्यपि रुसी सरकारी अधिकारीहरुले यी ग्रुप रुसमा भएको इन्कार गर्ने गरेका छन् ।
बिटक्वाइन वालेटको ट्र्याकिङ
चेनालिसिसका विश्लेषकहरुले -यान्समवेयर क्रुको स्वामित्वमा रहेका बिटक्वाइन वालेटमा आउने र बाहिरिने पैसाको प्रवाहलाई ट्र्याक गर्ने गरेका छन् ।
अनुसन्धाताहरुले साइबर आपराधिक कार्य नदेखिने गरी अझै बढ्ने अनुमान गरेका छन् । किनकि ह्याकरहरुले अन्य वालेट समेत प्रयोग गर्ने गरेका हुन सक्छन् ।
जे भए पनि कम्पनीका अनुसार -यान्समवेयर भुक्तानी महत्वपूर्ण रुपमा घटिरहेको छ । ह्याकरसँग समन्वय गर्ने कोभवेयरका बिल साइगेल पनि यो कुरालाई मान्छन् । उनका धेरैजसो ग्राहकहरु अहिले दशौँ लाख डलरको माग गर्ने ह्याकरलाई भुक्तानी गर्न हिच्काउन थालेका छन् ।
सन् २०२२ मा उनका कुलमध्ये ४१ प्रतिशत ग्राहकले मात्र यस्तो भुक्तानी गरेका छन् जब कि सन् २०२० मा यो दर ७० प्रतिशत थियो ।
कुनै पनि सरकारले यसरी ह्याकरलाई तिरिने पैसालाई अवैध बनाएका छैनन् तर साइगेल र अन्य साइबर विज्ञहरु अमेरिकाले ह्याकर समूह वा जो रुसको संघीय अनुसन्धान सेवासँग सम्बद्ध छन् उनीहरुलाई वैध रुपमा भुक्तानी गर्न जोखिमयुक्त बनाएको बताउँछन् ।
‘हामी प्रतिबन्धित व्यक्ति संस्थासँग जोडिएको थाहा पाए त्यस्ता -यान्समलाई भुक्तानी गर्न अस्वीकार गर्छौँ’, साइगेलले भने । त्यसो त अन्य तत्वहरु पनि यसमा संलग्न छन् । जसमा -यान्समवेयरप्रतिको सचेतताले संस्थाहरुलाई साइबर सुरक्षा सुधारतर्फ अग्रसर गरिरहेको छ ।
‘-यान्समवेयर आक्रमणका लागि भुक्तानी गाह्रो हुँदा ह्याकरहरु समस्या झेलिरहेका छन्’, साइबर सुरक्षा कम्पनी एम्सिसफ्टमा थ्रेट रिसर्चर रहेका ब्रेट क्यालो भन्छन् । कम्पनीहरु पनि आफ्ना ब्याकअपहरुको सुरक्षामा राम्रो हुँदै गएका छन्, यसले उनीहरुको रिकभरीका लागि तिर्ने रकमको बाध्यता घटाइरहेको छ ।
‘थप भन्नुपर्दा -यान्समवेयर आक्रमण सामान्य बन्दै गर्दा कम्पनीहरुलाई जनसम्पर्कको क्षति कम हुँदै गएको छ । यसले पनि ह्याकरलाई भुक्तानीमा कमी आएको छ’, उनले भने ।
बढ्दै साइबर आक्रमण
आम्दानी घट्नुका बाबजुद नयाँखाले -यान्समवेयर आक्रमणको संख्या भने बढिरहेको छ । सन् २०२२ मा यस्तो संख्या नाटकीय रुपमा बढेको छ । साइबर सुरक्षासम्बन्धी कम्पनी फोर्टिनेटले गरेको अनुसन्धानले सन् २०२२ को पहिलो छ महिनामा १० हजारभन्दा धेरै प्रकारका मालिसियस सफ्टवेयर सक्रिय भएको पाएको छ ।
गत वर्षको बढेको साइबर आक्रमण पनि मुख्यगरी अमेरिकी नियामकीय गतिविधिसाग सम्बन्धित छन् जसले केही ठूला -यान्समवेयर समूहलाई तहसनहस पारिदियो ।
सन् २०२१ को नोभेम्बरमा रेभिल समूहका आरोपित सदस्यहरु एउटा विश्वव्यापी प्रहरी अपरेसनमा विश्वका विभिन्न स्थानमा पक्राउ परेका थिए । जसबाट अमेरिकी अधिकारीले ६० लाख डलरभन्दा धेरै क्रिप्टोकरेन्सी जफत गरे । यसलाई ‘क्ल ब्याक’ ह्याकिङ अपरेसन भनिएको थियो ।
त्यस्तै सन् २०२१ कै जुनमा अमेरिकाले यस्तैखाले अपरेसन चलायो जसले डार्कसाइड ग्याङलाई अफलाइन गरिदियो र चोरिएको ४१ लाख डलर रिकभर भयो ।
यसले पनि यस्ता समूहलाई ससाना समूहमा काम गर्न बाध्य पारेको हुनसक्छ । साइबर अपराधीहरुले धेरै भुक्तानी असुल्न सकिने तथाकथित पश्चिमा निशाना (बिग गेम हन्टिङ) छोडेर अहिले त ससाना आक्रमणको संख्यालाई बढोत्तरी गरेका छन् ।
‘बिग गेम हन्टिङ धेरै चुनौतीपूर्ण बने पनि अझैसम्म पुरस्कृत हुन सकिने नै छ’, चेनालिसिसमा साइबर थ्रेट इन्टेलिजेन्सका प्रमुख ज्याकी बन्र्स कोभनले भनिन् । भावानुवाद
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया