तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
नयाँ दिल्ली । सेमीकन्डक्टरको अभाव कम गर्न र वस्तुको मूल्यमा स्थिरता ल्याउन दुई बर्षसम्मको निरन्तर प्रयासपछि भारतको टाटा मोटर्स नाफामा फर्किएको छ ।
‘जगुआर ल्याण्ड रोभर (जेएलआर)’ को मुम्बईस्थित मूल कम्पनीले गत बर्षको अन्तिम त्रैमासिक (अक्टुबर–डिसेम्बर) मा २९.६ अर्ब भारु (करिब ३६ करोड २५ लाख मिलियन अमेरिकी डलर) नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १५.२ अर्ब भारतीय रूपैयाँ घाटामा रहेको थियो । उत्पादनमा सुधार र प्यासेन्जर भेहिकल सेग्मेन्टमा बलियो मागका कारण सञ्चालनबाट हुने कुल आम्दानी २२.५ प्रतिशतले बढेर आठ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जगुआर ल्याण्ड रोभरको राजस्व २८.१ प्रतिशतले बढेर ६.०४ अर्ब पाउन्ड पुगेको छ ।
बेलायती सहायक कम्पनीले यसअघि २६ करोड ५० लाख पाउन्ड नाफा कमाएको छ भने अघिल्लो वर्षको सोही त्रैमासिकमा ९० लाख पाउण्ड घाटा व्यहोरेको थियो । अन्तरिम प्रमुख कार्यकारी अधिकृत एड्रियन मार्डेलले एक विज्ञप्तिमा भन्नुभयो, “पछिल्लो त्रैमासिकमा चिपको अभाव कम भएको छ र उत्पादन र विक्री बढेको छ । कम्पनीका अनुसार चीनमा अटो डिलरसिपको बिक्री लकडाउनका कारण प्रभावित भएको छ भने कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धलाई खुकुलो पारिएपछि चालू त्रैमासिकमा सामान्य हुने अपेक्षा गरिएको छ । बेलायतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी जेएलआरमा बाँकी रहेको अर्डर डिसेम्बरको अन्त्यसम्ममा दुई लाख १५ हजार युनिट पुगेको छ ।
कम्पनीले सन् २०२५ मा आफ्नो सोलिहुल प्लान्टमा निर्मित पूर्ण इलेक्ट्रिक जगुअर मोडेल लन्च गर्ने बताएको छ । टाटा मोटर्सको व्यवसायिक सवारी साधन विक्रीबाट प्राप्त हुने आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २२.५ प्रतिशतले बढेर १६८.९ अर्ब भारु पुगेको छ । आपूर्ति र मागमा ‘भूराजनीतिक अवस्था, मुद्रास्फीति र ब्याज दर जोखिम’ औँल्याउँदै कम्पनीले प्रमुख विदेशी बजारहरूमा कमजोर मागका कारण व्यावसायिक सवारी साधन निर्यात कमजोर रहेको बताएको छ ।
गत त्रैमासमा यात्रुवाहक सवारी साधनको मागमा विक्री भएको छ । राजस्व ३७.४ प्रतिशतले बढेर ११६.७ अर्ब भारु पुगेको छ ।कूल एक लाख ३८ हजार नौसय सवारी साधनको खुद्रा बिक्री भएको छ, जुन लामो समयपछिको सुधार हो । मुम्बईमा बुधबार टाटा मोटर्सको सेयर ०.७३ प्रतिशतले घटेर बन्द भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लुम्बिनी प्रदेशमा सरकार विस्तार
- तातोपानी भन्सारमा नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
- मधेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
- राष्ट्रपतिद्वारा अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
- अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको छ: मन्त्री भण्डारी
- पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने
- कपिलेश्वरमा जलिरहेको अवस्थामा युवतीको शव फेला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया