म्यानमारको वैदेशिक व्यापार १८.४७ प्रतिशतले बढ्यो
म्यानमार । गत वर्ष अप्रिलदेखि सुरु भएको आर्थिक वर्ष २०२२/०२३ को करिब १० महिनामा म्यानमारको कुल वस्तु आयात र निर्यात गत वर्षको तुलनामा १८.४७ प्रतिशतले बढेर २७ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ ।
शनिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार गत वर्षको अप्रिल १ देखि यस वर्षको जनवरी २० सम्ममा अघिल्लो वर्षको तुलनामा निर्यात १४.२५ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड डलर पुगेको छ भने आयात २२.८५ प्रतिशतले बढेर १३ अर्ब ८२ करोड डलर पुगेको छ ।
यस अवधिमा देशको कुल व्यापारको ७६.०४ प्रतिशत समुद्री मार्गबाट र २३.९६ प्रतिशत स्थल मार्गबाट भएको छ । दक्षिणपूर्वी एसियाली देशले प्रायः आफ्नो विदेशी व्यापार समुद्री मार्गबाट गर्ने गर्छ । यसले चीन, थाइल्याण्ड, बङ्गलादेश र भारतसँग सीमा व्यापार गर्दछ ।
देशले कृषिजन्य वस्तु, पशुजन्य उत्पादन, मत्स्यपालन, खनिज तथा वनजन्य उत्पादन, उत्पादनजन्य वस्तुहरू र अन्य निर्यात गर्छ भने पुँजी आयात गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया