भारतीय अर्बपति अदानीले एकै दिन २० अर्ब डलर गुमाए
नयाँ दिल्ली । भारतीय अर्बपति गौतम अदानीले एकैदिन ठूलो परिमाणमा सम्पत्ति गुमाएका छन् । बीबीसीका अनुसार अमेरिकी कम्पनीले धोखाधडीको आरोप लगाएपछि लगातार दोस्रो दिन लगानीकर्ताले उनका कम्पनी छाडेपछि शुक्रबार एकै दिन २० अर्ब डलरभन्दा धेरै सम्पत्ति गुमाएका हुन् ।
अदानी ग्रुपले भने उक्त अमेरिकी लगानी कम्पनीको रिपोर्टलाई मालिसियसको संज्ञा दिँदै खारेज गरेको छ । भारतको प्रमुख प्रतिपक्षी दलले यसबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। उनका सार्वजनिक सूचीकृत कम्पनीहरुले ५० अर्ब डलरभन्दा धेरैको बजार मूल्य गुमाइसकेका छन् । अदानी इन्टरप्राइजेसको सेयर शुक्रबार २० प्रतिशतभन्दा धेरैले ओरालो लागेको थियो भने अन्य ग्रुपकै कम्पनीको पनि सेयरमा उच्च गिरावट आएको थियो । योसँगै विश्वको तेस्रो ठूलो धनी बनेका अदानी सातौँ स्थानमा झरेको फोब्र्स म्यागेजिनले जनाएको छ ।
संसारका धनाढ्यहरुको पछिल्लो समय सम्पत्ति गुमिरहे पनि अदानीले भने निरन्तर सम्पत्ति जोड्दै गएका थिए । पछिल्लो समय त उनले धनार्जनमा चर्चित अमेरिकी अर्बपति जेफ बेजोसलाई समेत पछि पारेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण
- विपन्न परिवारलाई पिउने पानीको व्यावस्था
- मौलिकता संरक्षणसँगै स्वरोजगार
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया