अदानी कम्पनीको सेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
नयाँ दिल्ली । भारतीय उद्योगी गौतम अदानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरे पनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार सेयर बजारमा अर्बौं डलर गुमाएको छ ।
यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अदानी समूह दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजीमा संलग्न रहेको आरोप लगाएको थियो ।
ब्लुमबर्ग न्यूजका अनुसार, तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा लगभग ७१ अर्ब डलर गुमाएको छ । गत साता पनि अदानी समूहका फर्महरुको करिब ५० अर्ब डलर गुमाएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटतम मित्र समेत रहेका अदानी फोब्र्स म्यागाजिनको धनीहरूको सूचीमा पहिलोबाट तेस्रो स्थानमा खस्केका थिए ।
साठी वर्षीय अदानी गत सोमबार धनीहरुको सूचीमा नवौं स्थानमा थिए, र उनको सम्पत्ति ८५ अर्ब डलरको हाराहारीमा थियो । यसको मतलब उनी एशियाकै सबैभन्दा धनी अर्थात् पहिलो नम्बरको सूचीमा थिए । तर यो ताज भारतीय अर्का व्यवसायी एवं उद्योगी मुकेश अम्बानीले छोटो समयका लागि पहिरिन सफल भएका थिए ।
अदानी समूहले आफूहरुमाथि दुराशययुक्त आक्रमण भएको बताएको छ र आइतबार कम्पनीले ४१३ पृष्ठको एक वक्तव्य प्रकाशन गरी हिन्डेनबर्गको दाबीलाई खण्डन गरेको छ । समूहले हिन्डेनबर्गले लगाएका आरोपहरू झूटबाहेक केही नभएको बताएको छ । ‘यो केवल कम्पनीमाथि अनावश्यक आक्रमण मात्र नभई समग्र भारत, भारतीय संस्थाहरूको स्वतन्त्रता, अखण्डता र गुणस्तर, र भारतको विकास र महत्वाकांक्षाविरुद्धको आक्रमण हो’, समूहको वक्तव्यमा भनिएको छ ।
वक्तव्यपछि सोमबार खुलेको बजारमा अदानी इन्टरप्राइजेजको सेयर बजारमा सकारात्मक प्रभाव देखिए पनि अदानी आबद्ध कम्पनीहरुको सेयर बिक्री व्यापक बनेको थियो, र त्यसलाई रोक्न कम्पनीको प्रयास सफल भएको थिएन ।
अदानीले स्टक बिक्रीमार्फत २५ अर्ब डलर संकलन गर्ने महत्वाकांक्षी योजना अघि सारेलगत्तै बजारमा समस्या उत्पन्न भएको थियो । अदानी इन्टरप्राइजेजले प्रति सेयर भारतीय रुपैयाँ तीन हजार एक सय १२ को हाराहारीमा बिक्री गर्न खोजको थियो ।
हिन्डेनबर्गले अदानीको वक्तव्यको जवाफमा भारतको भविष्य अदानी समूहद्वारा रोकिएको बताउँदै यसले देशलाई व्यवस्थित रूपमा लुट्न खोजेको आरोप लगाएको छ । ‘अदानीको लामो वक्तव्यले हिन्डेनबर्गले उठाएका सबालमाथि केन्द्रित भएर ३० पृष्ठमा मात्र जवाफ दिएको छ, र धेरै प्रश्न अनुत्तरित छन् । वक्तव्यमा कम्पनीले आफ्नो बढाइचढाइ मात्र गरेको छ’, अदानी ग्रुपले भनेको छ । अदानी समूहको मुख्य कम्पनी अदानी इन्टरप्राइजेजको मुम्बई सेयर बजारमा १.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । अदानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अदानी ग्रीन इनर्जीको कारोबार फेरि रोकिएको छ । शुक्रबार पनि यी कम्पनीको कारोबार यस्तै भएको थियो ।
अदानी पावर र अदानी विल्मारको पनि पाँच–पाँच प्रतिशतले सेयर मूल्य घटेपछि सर्किट ब्रेक गर्नुपरेको छ । अदानी पोर्ट कम्पनीको कारोबारमा एक समय धनात्मक देखिए पनि १.५ प्रतिशतले घटेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया