पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
पेसावर । पाकिस्तानी सहर पेसावरमा भएको एक मस्जिद विस्फोटनमा कम्तीमा सय जनाको मृत्यु भएको छ । प्रहरीलाई लक्षित गरी भएको उक्त आत्मघाती आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
उक्त मस्जिद उच्च सुरक्षामा रहे पनि कसरी विस्फोट गराइयो भन्नेबारे सरकारी निकायले अनुसन्धान गरिरहेको बुझिएको छ । धेरै वर्षपछि पाकिस्तानमा ठूलो आत्मघाती आक्रमण भएको हो । घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ । पछिल्लो समय पाकिस्तानी तालिबानले यसखाले घटनामा जिम्मा लिने गरेका थिएनन् । उनीहरुले आफूहरुको युद्ध सरकारी सुरक्षाबलसँग मात्र रहेको बताउँदै अस्पताल, विद्यालय र मस्जिद विस्फोटनको जिम्मा लिन अस्वीकार गर्ने गरेका थिए ।
विस्फोटनपछि क्षतविक्षत मस्जिदमा धेरै मानिसहरु च्यापिएकामा उद्धार गरिएको बताइएको छ । घटनामा घाइते हुने संख्या पनि ५० भन्दा बढी रहेको बताइएको छ । घटनामा २० भन्दा बढी प्रहरीको मृत्यु भएको छ । विस्फोटनको समयमा उक्त क्षेत्रमा तीन सयदेखि चार सय जनासम्म प्रहरी रहेको बताइएको छ । पाकिस्तानी तालिबानले गत नोभेम्बरमै युद्धविराम सकिएको बताएको थियो । त्यसयता पाकिस्तानमा यस्ता घटनामा वृद्धि भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया