Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन घेर्दै अमेरिका

चीन घेर्दै अमेरिका


मनिला । फिलिपिन्सले आफ्ना चारवटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ ।

अमेरिका र फिलिपिन्सबीच बिहीबार भएको सम्झौताले उत्तरमा दक्षिण कोरिया र जापानदेखि दक्षिणमा अष्ट्रेलियासम्म फैलिएको अमेरिकी गठबन्धनको प्रभावलाई सुनिश्चित गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई भेटेपछि सार्वजनिक भएको फिलिपिन्स–अमेरिकाबीचको उक्त सम्झौता धेरै पहिलेदेखि कार्यान्वयनमा रहेको इन्हान्स्ड डिफेन्स कोअपरेसन एग्रीमेन्ट (ईडीसीए) अझ सुदृढ भएको छ भने फिलिपिन्समा मानवीय र जलवायुसम्बन्धी प्रकोप सम्बोधनमा अमेरिकी सहयोग प्राप्त हुनेछ । साथै मनिला र वासिङ्टनबीचको राणनीतिक साझेदारी थप विस्तार भएको छ ।

‘फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले रणनीति महत्वका चार नयाँ स्थानमा सैनिक पहुँच प्रदान गर्ने सम्झौताका साथ ईडीसीएको पूर्ण कार्यान्वयनलाई गति प्रदान गर्ने घोषणा गर्न पाउँदा गर्वानुभूति भएको छ’, सम्झौतापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया