अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
पर्थ । अस्ट्रेलियाले आफ्नो बैंकनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले बिहीबार उक्त घोषणा गरेको हो ।
एएफपीका अनुसार बेलायतकी महारानी एलिजावेथ द्वितीयाको तस्बिर अंकित अस्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त बैंकले जनाएको छ । केन्द्रीय बैंकको यो निर्णयसँगै हालै राजसिंहासन सम्हालेका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा छापिनेछैन । नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अस्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहनेछैनन् ।
गत सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको मृत्यु भएपछि राष्ट्राध्यक्षको सम्मानमा अस्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए । विरोधका क्रममा उनीहरूले राजतन्त्रको उन्मूलनका निम्ति आह्वान गरेका थिए । यसले संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई पुनः सतहमा ल्याएको छ । संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अस्ट्रेलियाका राष्ट्राध्याक्ष राजा चाल्र्स तृतीय छन् । सन् १९९९ मा भएको जनमत संग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो ।
केन्द्रीय बैंकको उक्त निर्णयलाई एन्थोनी अल्बानिजको वामपन्थी सरकारले समर्थन गरेको बताएको छ । सरकारको यो समर्थनबाट अस्ट्रेलिया गणतन्त्रको मार्गमा उन्मुख भएको संकेत गरेको छ । नयाँ नोट छापिन केही वर्ष लाग्ने बताइएको छ भने सरकारले पनि आदिवासी समूहहरूसँग परामर्श गर्ने जनाएको छ । नयाँ नोटको प्रारूप पनि तयार भइसकेको छैन भने त्यसबारे थप निर्णय पनि नभएको केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन् ।
राजा चाल्र्स तृतीयको फोटो नोटमा नछाप्ने निर्णयको आदिवासी राजनीतिज्ञ तथा समुदायका नेताले स्वागत गरेका छन् । बेलायतको उपनिवेशबाट मुक्त हुने आफ्नो चाहनापूर्तिको दिशामा यो पहिलो विजय भएको टिप्पणी आदिवासी नेताले गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै
- चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको सिफारिस
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया