Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपमा रुसी पेट्रोलियम पदार्थको कर बढ्ने

युरोपमा रुसी पेट्रोलियम पदार्थको कर बढ्ने


ब्रसेल्स । युरोपेली संघ (ईयू) र विश्वका समृद्ध अर्थतन्त्रहरूको समूह (जी–७) ले समुद्रबाट हुने रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि सम्झौता गरेको युरोपेली आयोग (ईसी) ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा डिजेल, मट्टितेल र पेट्रोलजस्ता ‘प्रिमियम–टु–क्रुड’ पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर तोकिएको छ भने ‘डिस्काउन्ट टु क्रुड’ जस्ता पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ४५ अमेरिकी डलर तोकिएको इसीले जनाएको छ । मूल्य सीमा आइतबारदेखि लागू हुने र यसमा मूल्य सीमाभन्दा माथि खरिद गरिएको समुद्री रुसी पेट्रोलियम पदार्थका लागि ५५ दिनको ‘विन्ड–डाउन पिरियड’ समावेश गरिएको छ ।

यसैबीच, रुसी पेट्रोलियम पदार्थको आयातमा सन् २०२२ को जुनमा ईयूले लगाएको प्रतिबन्ध पनि आइतबारदेखि लागू हुनेछ । सन् २०२२ को डिसेम्बरमा इयूले रूसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो । गत डिसेम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी तेल र पेट्रोलियम पदार्थको आपूर्तिमा प्रत्यक्ष वा परोक्ष रूपमा सम्झौता भएमा त्यसको आपूर्तिमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया