उच्च अधिकारीको सम्पत्ति घोषणा गर्न आईएमएफको आग्रह
इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई सत्रौँ तह र त्यसभन्दा माथिका सरकारी अधिकारीको सम्पत्ति घोषणा गर्न आग्रह गरेको छ । साथै आईएमएफले सत्रौँ तह र माथिका उच्च पदस्थ कर्मचारीका परिवारका सदस्यको सम्पत्ति अनिवार्यरूपमा घोषणा गर्न आग्रह गरेको छ ।
पाकिस्तानलाई आर्थिक सहायता उपलव्ध गराउने सन्दर्भमा देशको वस्तुस्थिति बुझ्न तथा सरकारी अधिकारीहरूसँग वार्ता गर्न आएको आर्र्ईएमएफको टोलीले उक्त आग्रह गरेको दैनिक अखबार द नेसनले जनाएको छ । सरकारी टोलीसँग आईएमएफले आर्थिक नीति तथा वित्तीय सुधारका विषयमा विचारविमर्श गरिरहेको छ । वार्ता आगामी बिहीबारसम्म जारी रहनेछ ।
सम्पत्ति घोषणाको प्रक्रिया सहज तुल्याउन कानुन कार्यान्वयन निकायलाई सम्पत्तिमा पहुँच दिने निर्देशिका तर्जुमा गरिनेछ । आईएमएफले स्थानीय मुद्राका लागि बजार निर्धारित विनियम दर, इन्धन अनुदान सहजतालगायत आर्थिक संकटबाट पार लगाउने उपायसहित धेरै पूर्वशर्त अघि सारेको छ । हालै पाकिस्तानको केन्द्रीय बैंकले विनिमय दरको सीमा हटाएको छ भने सरकारले इन्धनको मूल्य १६ प्रतिशतले वृद्धि गरेको छ ।
भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आईएमएफको टोलीले त्यसनिम्ति कार्यदल गठन गर्ने सरकारी प्रतिबद्धता पूरा गर्न आग्रह गरेको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया