चिनियाँ जासुसी बलुनबारे अमेरिकाको थप प्रतिक्रिया
बेइजिङ । अमेरिकी गुप्तचर समुदायले चिनियाँ जासुसी बलुनलाई पिपुल्स लिबरेसन आर्मीद्वारा सञ्चालित बृहत् निगरानी कार्यक्रमसँग जोडेको छ । वासिङटन पोस्टले अमेरिकी अधिकारीहरूले जासुसी निशाना बनाइएका सहयोगी र साझेदारहरूलाई यसबारे जानकारी दिन थालेका छन् ।
द वासिङ्टन पोस्टका अनुसार चीनको दक्षिणी तटमा रहेको हेनान प्रान्तबाट केही वर्षसम्म सञ्चालन भएको निगरानी बेलुन प्रयासले जापान, भारत, भियतनामलगायत चीनका लागि उदीयमान रणनीतिक चासो भएका देशहरू र क्षेत्रहरूमा सैन्य गतिविधिको जानकारी संकलन गरेको बताइएको छ ।
अधिकारीहरूका अनुसार पीएलए वायुसेनाद्वारा सञ्चालित निगरानी हवाइ जहाजहरू पाँच महाद्वीपहरू मा देखाइएको छ । एक अधिकारीले भनेका छन्, ‘चिनियाँहरूले अविश्वसनीय पुरानो प्रविधि प्रयोग गरेर आधुनिक सञ्चार र निगरानी गर्दै अन्य राष्ट्रका सेनाहरूका गतिविधि नियन्त्रण गर्ने प्रयास गरेको छ ।’
न्युयोर्क टाइम्सले पनि यस घटनालाई जोड्दै बाइडेन प्रशासनले शुक्रबारदेखि धेरै चिनियाँ उड्डयन र प्रविधिहरूलाई यसको केही प्रविधिको बिक्रीमा रोक लगाएको छ । वाणिज्य विभागले इजाजतपत्र कारोबारमा रोक लगाउँदै थप पाँच चिनियाँ कम्पनीहरू र एउटा अनुसन्धान संस्थानलाई प्रतिबन्धको सूचीमा समावेश गरेको छ ।
उद्योग र सुरक्षाका लागि वाणिज्य उपसचिव एलन एस्टेभेजले यो कारबाहीले चिनियाँ सरकारले निगरानीको लागि उच्च–उचाइ बलुनहरू प्रयोग गरेकामा प्रतिक्रिया दिएको बताएका छन् । आजको कारबाहीले अमेरिकाको राष्ट्रिय सुरक्षा र सार्वभौमसत्तामा हानि पु-याउने संस्थाहरूलाई अमेरिकी प्रविधिको पहुँचबाट काटिनेछ भन्ने स्पष्ट शब्दमा भनेका छन् । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया