पाकिस्तानले ३९ जिल्लामा पोलियो खोप अभियान सुरु गर्ने
इस्लामावाद । पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरको नमुनामा वाइल्ड पोलियोभाइरस पोजेटिभ देखिएपछि पाँचदिने पोलियो अभियान प्रारम्भ गरिएको मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।
यो अभियान उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तको दक्षिणी भागका सात स्थानीय जिल्लाहरू र पूर्वी पञ्जाब प्रान्तका दुई जिल्लाहरूसहित नौ जिल्लाहरूमा पूर्णरूपमा सुरु हुनेछ भने बाँकी ३० जिल्लामा आंशिक अभियान सञ्चालन गरी बालबालिकालाई खोप लगाइने जानकारी दिइएको छ ।
सन् २०२३ को पहिलो पोजेटिभ नमुना गत जनवरी १९ मा फेला परेको थियो । अनुसन्धानले सन् २०२२ नोभेम्बर मा अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पत्ता लागेको पोलियो भाइरससँग आनुवंशिक रूपमा मिल्दो देखाएको थियो ।
त्यसैगरी दोस्रो पोजेटिभ नमुना जनवरी २७ मा भेटिएको थियो जुन आनुवंशिक रूपमा दक्षिणी केपीमा फैलिएको भाइरससँग मिल्दो रहेको मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया