टर्कीमा भवन निर्माणमा संलग्नविरुद्ध पक्राउ पुर्जी
इस्तानबुल । अघिल्लो हप्ताको सोमबार गएको भूकम्पमा असामान्य क्षति व्यहोरेको टर्कीले भवन निर्माणमा संलग्नविरुद्ध एक सय १३ पक्राउ पुर्जी जारी गरेको छ ।
बीबीसीका अनुसार टर्कीको प्रहरीले कम्तीमा पनि १२ ठेकेदारलाई पक्राउ गरिसकेको छ । ठूलो जनधनको क्षतिपछि मानिसहरुले विरोध प्रदर्शन समेत चर्काएका छन् । आइतबारसम्म टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ३० हजार नाघेको छ ।
विज्ञहरुले टर्कीमा बनेका नयाँ भवनहरु असुरक्षित रहेको बताउँदै आएका थिए । खासगरी सरकारी नीति र भ्रष्टाचारका कारण भवनहरु कमसल बनाइएको उनीहरुको आरोप थियो । सरकारी नीतिले ठेकेदारहरुलाई सफाइ दिएको र अहिले ठूलो क्षति हुन गएको आरोप लागिरहेको छ ।
भूकम्पमा हजारौँ ठूला भवन भत्किनपुगेका थिए । संयुक्त राष्ट्रसंघले भूकम्पका कारण आठ लाख बढी मानिसले पर्याप्त खान समेत नपाउने चेतावनी दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया