Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली देशबाट अमेरिकामा हुने उडानमा रोक

युरोपेली देशबाट अमेरिकामा हुने उडानमा रोक


वासिड.टन, चैत २
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाइ उडानमा ३० दिनका लागि रोक लगाएका छन् । एएफपीका अनुसार टेलिभिजन सम्बोधनमार्फत उनले उक्त घोषणा गरेकामा कार्यान्वयनमा आएको छ । सुरमा बेलायतलाई यो नियम लागू नहुने भनिए पनि शनिबार साँझ

उसलाई पनि लागू गरिएको छ । उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधिबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ । प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने सेलुन र अति आवश्यकीयबाहेक सबै किनमेल केन्द्र बन्द हुने तर सामान घरमै पुर्याउन भने नरोकिने बताइसकेका छन् ।

गत डिसेम्बरबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस कोरोना भाइरसको कारण विश्वभरी ४ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । यसबाट विश्वभर १ लाख २४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका जनाइएको छ । चीनपछि इरान र इटालीमा यस भाइरसको प्रभाव धेरै नै फैलिएपछि यसबाट ज्यान गुमाउने व्यक्तिको संख्या ह्वात्तै बढेको बताइएको छ ।

कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको प्याकेज : वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले उक्त प्रस्तावको अनुमोदनका लागि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स समक्ष पेस गरेकामा पारित भएको छ ।

ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो आर्थिक संकट होइन, कोरोनाको संकट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ ।’ उनले अमेरिकी मजदूर, परिवार र व्यवसायमा कोरोनाभाइरसबाट पुगेको नोक्सानीको विवरण संकलन गर्न र आर्थिक सहायताको खाका तत्काल बनाउन साना व्यवसाय प्रशासनलाई आदेश दिएका छन् । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयलाई पनि कोराना प्रभावित व्यक्ति एवं व्यवसायले कर बुझाउनुपर्ने अन्तिम मिति अप्रिल १५ लाई परिवर्तन गर्न तथा ब्याज वा जरिवाना नलिने व्यवस्था मिलाउन पनि निर्देशन दिए । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया