Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा सवारीसाधन बिक्री ७९ प्रतिशतले घट्यो

चीनमा सवारीसाधन बिक्री ७९ प्रतिशतले घट्यो


बेइजिङ, चैत २
कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । एएफपीका अनुसार चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो । चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) अनुसार यस वर्षको फेब्रुअरीमा सवारी साधनको बिक्री न्यून भएर तीन लाख १० हजारमा सीमित भएको छ । संघले चीनमा सवारी साधनको बिक्रीमा कमी आएको यो लगातार २०औं महिना हो ।

संघका वरिष्ट अधिकारी चेन शिहुवाले नयाँ विद्युतीय कारको बिक्रीमा कमी आएको बताए । विद्युतीय कारको बिक्रीमा लगातार आठ महिनादेखि कमी हुँदै आएको छ । संघका अधिकारीले यस वर्षको पहिलो छ महिनामा १० प्रतिशतभन्दा बढीले घट्ने देखिएको बताएका छन् । अप्रिल अघि चीनमा कोरोनाभाइरसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिए पनि वर्षभर करिब ५ प्रतिशतले कमी आउनेछ । कार उत्पादनको प्रमुख केन्द्रका रुपमा रहेको हुबे प्रान्तमा रहेका सबैजसो कार निर्माता कम्पनीहरुले उत्पादनमा ढिलाइ गर्ने बताएका छन् । हुबेमा डोङफेङ मोटर ग्रुप कम्पनी र यसका साझेदार कम्पनीहरु होन्डा मोटर, रेनल्ट एसए र प्युजेट एसएका कारखानाहरु रहेका छन् ।

संघाईमा रहेको टेस्लाको उत्पादन र वितरण पनि प्रभावित भएको छ । तर, हुबे प्रान्तको राजधानी उहानका सरकारी अधिकारीहरुले कोरोनाभाइरसको त्रास कम भएको जनाउँदै उद्योग, कलकारखाना खोल्न अनुमति दिएको छ । यहाँ होन्डाले आफ्नो कारप्लान्ट सुरु गरेको छ । निसान मोटरले पनि हुबेकै अर्को शहर सियानग्याङस्थित कारखानाबाट आंशिक उत्पादन थालेको छ भने हेनानको झेङझाउ प्लान्ट सुरु गर्ने योजना अघि बढाएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण पनि चीनको कार बजारमा असर परेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया