बीबीसीको भारतीय कार्यालयमा आयकर विभागको छापा
नयाँ दिल्ली । भारतको आयकर विभागले बेलायती समाचार संस्था बीबीसीको भारतस्थित कार्यालयमा छापा मारेको छ । बीबीसीले यसमा पूर्ण सहयोग गर्ने जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
बीबीसीको प्रेस कार्यालयले स्थिति जतिसक्दो छिटो सामान्य हुने विश्वास व्यक्त गरेको छ । भारतीय संसदमा प्रतिपक्षी दल कांग्रेसले आयकर विभागले छापा मारेको घटनालाई नरेन्द्र मोदीको सरकार आलोचनाबाट डराएको टिप्पणी गरेको छ । कांग्रेसका महासचिव केसी वेणुगोपालले ट्विटमार्फत घटनाको निन्दा गरेका छन् ।
तर सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता गौरव भाटियाले भने बीबीसी संसारकै सबैभन्दा भ्रष्ट संस्था रहेको टिप्पणी गरेका छन् । उनले भारतमा हरेक संस्थालाई विष नउकेलुन्जेलसम्म मात्र अवसर दिइने टिप्पणी गरेका छन् । आयकर विभागको खानतलासीको समयसँग कुनै लेनदेन नभएको भन्दै सरकारी संस्थाको छापामारीको उनले बचाउ गरेका छन् ।
यता एडिटर्स गिल्ड अफ इन्डियाले घटनाप्रति चिन्ता व्यक्त गरेको छ । उसले सरकारी नीति र संस्थाको आलोचना गर्ने मिडियालाई डर देखाउन दुःख दिइने गरेको टिप्पणी गरेको छ । यता प्रेस क्लब अफ इन्डियाले पनि वक्तव्य जारी गर्दै घटनाको भत्र्सना गरेको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै एमनेस्टी इन्टरनेशनलले पनि बीबीसीलाई डराउन सरकारी अधिकारी लागेको जनाएको छ ।
बीबीसीले केही समयअघि मात्र प्रधानमन्त्री मोदीमाथि एक वृत्तचित्र प्रसारण गरेको थियो । त्यसको केही हप्ता नबित्दै बीबीसीमा सरकारले छापा मारेको हो । वृत्तचित्र सन् २००२ को गुजरात दंगासँग सम्बन्धित थियो । जतिबेला मोदी मुख्यमन्त्री थिए । त्यसले मोदीको भूमिकामाथि प्रश्न उठाएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया