घाटाबाट बच्न श्रीलंकामा ६६ प्रतिशत विद्युत् महशुल वृद्धि
कोलम्बो । श्रीलंकाको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महशुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ ।
आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको विद्युत् उत्पादक सिलोन इलेक्ट्रिसिटी बोर्ड (सीईबी) बाट घाटाबाट बच्नका लागि विद्युत् शुल्कमा ६६ प्रतिशत वृद्धि गर्ने प्रस्ताव आएको थियो ।
आयोगलाई सम्झौतामा आउन करिब छ हप्ता लागेको छ । श्रीलंकाको सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा सीईबीले १५२ अर्ब भारु (४१ करोड ६० लाख अमेरिकी डलर) बराबरको नोक्सानी व्यहोरेको थियो ।
श्रीलंकाले सन् २०२२ को अगष्टमा विद्युत् महसुलमा ७५ प्रतिशतले वृद्धि गरे घाटामा रहेको भन्दै जनवरी २०२३ मा मन्त्रीपरिषद्लाई जानकारी गराएको थियो । त्यसपछि मन्त्रीपरिषद्ले अर्को शुल्क वृद्धिलाई अनुमति दिएको थियो । आयोगले कुनै पनि शुल्क परिवर्तनहरू कार्यान्वयन गर्नुअघि अनुमति सरकारबाट स्वीकृति प्राप्त गर्नुपर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया