Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलका स्टोर बन्द कर्मचारीको तलब नरोकिने

एप्पलका स्टोर बन्द कर्मचारीको तलब नरोकिने


अमेरिका, चैत ३
प्रविधि कम्पनी एप्पलले चीनबाहिरका आफ्ना सबै स्टोरहरु दुई हप्ताका लागि बन्द गर्ने घोषणा गरेको छ । एपीका अनुसार कम्पनीले कोरोना भाइरसको महामारीका कारण संक्रमण रोक्ने उद्देश्यले उक्त निर्णय गरेको हो । यद्यपि अनलाइनमार्फत भने किनबेच हुनेछ । कम्पनीका सीईओ टिम कुकले शनिबार ट्विटरमार्फत उक्त जानकारी दिएका हुन् ।

उनले कोभिड–१९ को संक्रमण रोक्न कम्पनीले आफ्नो तर्फबाट पहल गरेको जनाएका छन् । ट्विटमा उनले मार्च २७ सम्मको लागि चीनबाहिर रहेका कम्पनीका स्टोरहरु बन्द हुने बताएका छन्। साथै १५ मिलियन अर्थात् १ करोड ५० लाख अमेरिकी डलर कम्पनीले सहयोग गर्ने पनि उनले बताएका छन् । चीनमा भने एप्पलका सबै स्टोरहरु पुनः सञ्चालनमा आएको कुकले बताएका छन्। स्टोर बन्द भए पनि कामदारले भने तलब पाउनेछन् ।

आईफोन निर्माता एप्पलका विश्वभर ५ सय खुद्रा बिक्री स्टोरहरु छन् । त्यसमध्ये करिब आधा अमेरिकामा छन् । कम्पनीले चीनमा ४२ स्टोरहरु बन्द गरेको थियो । कम्पनीले दोस्रो त्रैमासिकमा लक्ष्यअनुरुप वित्तीय अवस्था पार नहुने बताइसकेको छ । भाइरस संक्रमण फैलिँदै जाँदा चीनमा आईफोनको उत्पादन र माग दुवै घटेको कारण कम्पनीले यस्तो अनुमान गरेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया