Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइटालीमा मृत्यु हुनेको संख्या १४ सय ४१ पुग्यो

इटालीमा मृत्यु हुनेको संख्या १४ सय ४१ पुग्यो


रोम, चैत ३
विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या शनिबारसम्म एक हजार ४ सय ४१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार संक्रमितको संख्या शनिबारसम्म १७ हजार ७ सय ५० पुगेको छ । कोरोनाको संक्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो । त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १ सय ४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् । पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।

चीनमा तीन हजार १ सय ९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८ सय ४४ जना संक्रमित भएका छन् । चीनमा कोरोनाको संक्रमणमा नाटकीय रुपमा सुधार आएसँगै सहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् । तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७ सय २९ जना संक्रमितमध्ये ६ सय ११ जनाको मृत्यु भएको छ । त्यसैगरी दक्षिण कोरियामा आठ हजार १ सय ६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा छ हजार ३ सय ९१ जना बिरामी भएका छन् भने १ सय ९६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया