ताजकिस्तानमा हिमपहिरोमा परी १९ जनाको मृत्यु
दुशान्वे । मध्य एसियाको पहाडी मुलुक ताजकिस्तानमा गएको हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ । यही फागुन ३ देखि ७ गतेसम्म २०० स्थानमा हिमपहिरो गएको जनाउँदै सरकारी अधिकारीहरूले पाँच दिनको अवधिमा मृतकको सङ्ख्या १९ पुगेको जनाएका हुन् ।
हिमपहिरोका कारण आपत्कालीन सेवासमेत बन्द भएका छन् । बेला बेलामा मध्य एसियाली मुलुक ताजिकिस्तान प्राकृतिक प्रकोपको चपेटामा परिरहन्छ । पूर्वसोभियत सङ्घबाट छुट्टिएका राज्यमध्ये ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र हो । उक्त देशमा सात हजार मिटरभन्दा माथिका हिमशिखर छन् । पञ्चानब्बे लाख जनसङ्ख्या रहेको ताजकिस्तान अफगानिस्तान, चीन र किर्गिस्तानले घेरिएका छन् ।
तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति इमोमाली रहमोनसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा इरानका राष्ट्रपति इब्राहिम रायसीले हिमपहिरोका कारण भएको अमूल्य जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् । रासस /एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया