Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसांघाईका मुख्य पर्यटकीय आकर्षक स्थान खुले

सांघाईका मुख्य पर्यटकीय आकर्षक स्थान खुले


सांघाई, चैत ४
चीनको सांघाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला गरिएको सिन्ह्वाले जनाएको छ । सांघाई वन्यजन्तु निकुञ्ज सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानगरीय संस्कृति तथा पर्यटन ब्युरोका अनुसार सांघाईमा ‘क’ वर्गका १ सय १३ वटा उत्कृष्ट पर्यटकीय केन्द्रहरु रहेका छन् र तीमध्ये ९ वटा पुनर्निर्माणको चरणमा छन् । फेब्रुअरीको अन्त्यदेखि महामारीको स्वरुप लिएको कोरोनाभाइरसका कारण सांघाई महानगरले आमजनताको सुरक्षाका लागि ३० वटा विभिन्न उपायहरु अवलम्बन गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया