Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपुटिन अब २०३६ सम्म राष्ट्रपति

पुटिन अब २०३६ सम्म राष्ट्रपति


मस्को, चैत ४
रूसको संवैधानिक अदालतले सोमबार राष्ट्रपति भ्लादिमिर पूटिनद्वारा प्रस्ताव गरिएको सुधारको संशोधन प्रस्तावलाई स्वीकृत गरेको छ । यससँगै पुटिनको सुधार प्रस्ताव रूसको आधारभूत कानुन बनेको छ । नयाँ कानुनी व्यवस्थाअनुसार अब राष्ट्रपति पूटिनले आगामी दुई कार्यकाल रूसको कार्यकारी पदमा रहेर नेतृत्व गर्न पाउने आधार खडा भएको छ । संवैधानिक अदालतले आदेशलाई आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ भने आदेशको एक प्रति तत्काल राष्ट्रपति पूटिनलाई पठाएको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ व्यवस्थासँगै पुटिनले आगामी सन् २०३६ सम्म सत्तामा रहन पाउने कानूनी बाटो पनि खुला भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया