Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाविरुद्ध लड्न विश्व बैंकले बंगलादेशलाई १० करोड डलर दिने

कोरोनाविरुद्ध लड्न विश्व बैंकले बंगलादेशलाई १० करोड डलर दिने


ढाका, चैत ५
विश्व बैंकले बंगलादेशलाई विश्व महामारी कोरोना भाइरसविरुद्ध लड्न १० करोड अमेरिकी डलर दिने भएको छ । द डेली स्टारका अनुसार कोरोनाको संक्रमण रोक्न आवश्यक उपायका लागि उक्त रकम दिन लागिएको हो । यसका लागि बंगलादेशले आग्रह गरेपछि विश्व बैंकले सहयोग गर्नलागेको जनाइएको छ । इकोनोमिक रिलेसन्स डिभिजनले उक्त प्रस्ताव गरेको थियो । प्रस्तावका लागि बंगलादेशको स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो ।

सोमबार प्रस्ताव आइपुगेपछि विश्व बैंकले सरकारलाई उक्त रकम दिने अनौपचारिक जानकारी गराएको बंगलादेशी मिडियाले जनाएका छन् । यही हप्ता कोषमार्फत उक्त रकम बंगलादेशले पाउनसक्नेछ । विश्व बैंकका देशीय निर्देशक मर्सी टेम्बनले प्रस्ताव आएको पुष्टि गरेका छन् । कोरोनाका कारण प्रभावित देशहरुलाई बैंकले १२ अर्ब डलरको प्रारम्भिक प्याकेज सार्वजनिक गरिसकेको छ । बंगलादेशमा बैंकको टोलीले अवलोकन गरेर परियोजनाको सम्भाव्यता अध्ययन गरेपछि कोषले स्वीकृति पाउनेछ र सोही कोषलाई उक्त रकम उपलब्ध हुने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया