Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना महामारी : अमेजनले कर्मचारीलाई भन्यो, ‘ओभरटाइम काम गर’

कोरोना महामारी : अमेजनले कर्मचारीलाई भन्यो, ‘ओभरटाइम काम गर’


लन्डन, चैत ५
विश्वमा कोरोना भाइरसको महामारीका कारण ठूला कम्पनीहरु समेत बन्दप्रायः छन् तर अनलाइन बिक्रेतालाई भने यो समय अवसरसिद्ध भएको छ । अमेजनलगायत अनलाइन बिक्रेताहरुलाई अहिले सामानहरु डेलिभर गर्न भ्याइनभ्याइ छ । बेलायतस्थित अमेजनमा कार्यरत कर्मचारीलाई कम्पनीले ओभरटाइम काम गर्न भनेको बीबीसीले जनाएको छ ।

ग्राहकको माग बढेपछि कर्मचारीलाई कम्पनीले उक्त आग्रह गरेको हो । यसबारे कम्पनीले कर्मचारी युनियनहरुलाई समेत जानकारी दिएको छ । उक्त जानकारीअनुसार कर्मचारीहरु सोमबारदेखि ओभरटाइम काम गर्नुपर्नेछ । अमेजनको यस्तो कदमको आलोचना भएको बताइएको छ । कम्पनीले सुरक्षाभन्दा नाफालाई अघि सारेको भन्दै आलोचना भएको हो ।

बेलायतमा अमेजनले २७ हजारलाई रोजगारी दिएको छ भने १७ वटा वेरहाउस रहेका छन् । ओभरटाइम काम अनिवार्य गरेसँगै कर्मचारीले भने दबाब महसुस गरेका छन् । तर कर्मचारीको तलब समेत अमेजनले प्रतिघण्टा २ युरो वृद्धि गर्ने बताएको छ । अमेरिकामा २ डलर, युरोपमा २ युरो वृद्धि हुनेछ । तलब वृद्धिको भार कम्पनीमाथि ३५ करोड डलरसम्म पर्ने अमेजनले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x