Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु


नयाँ दिल्ली, चैत ५
भारतमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मंगलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ । भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । कोरोना भाइरसको कारण संक्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य महाराष्ट्रका भएका जनाइएको छ । गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मंगलबार कर्नाटकमा मृत्यु भएको थियो । यसअघि मृत्यु भएका दुवै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र संक्रमितको संख्या १ सय २५ पुगेको छ । (रासस/सिन्ह्वा)  


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया