Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफ्रान्सले ४५ अर्ब युरो सहयोग गर्ने

फ्रान्सले ४५ अर्ब युरो सहयोग गर्ने


पेरिस, चैत ५
फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मंगलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ । यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया