पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास विफल
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले समयअगावै निर्वाचनका लागि सरकारलाई दबाब दिइरहेका बेला प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ । गत फेब्रुअरी २८ मा भ्रष्टाचारको मुद्दामा खान अदालतमा उपस्थित नभएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
खानमाथि आफ्नो कार्यकालमा प्राप्त उपहार वा त्यसलाई बेचेर कमाएको लाभको विवरण दिन नसकेको आरोप लागेको छ । सरकारी अधिकारीहरूले सबै उपहारहरू घोषणा गर्नुपर्दछ तर तिनीहरूलाई निश्चित मूल्यभन्दा कम राख्न अनुमति दिइन्छ ।
राजधानी इस्लामावादका प्रहरी अधिकारीहरू लाहोरस्थित पूर्वप्रधानमन्त्री खानको घरमा पुगे पनि सयौं समर्थकहरूले घेरेपछि उनलाई पक्राउ नगरी प्रहरी फिर्ता भएको प्रहरीले पुष्टि गरेको छ । ‘अदालतको आदेशको पालना गर्न खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरीको एक टोली लाहोर आइपुगेको छ’, इस्लामाबाद प्रहरीले एक ट्विटमा भनेको छ ।
प्रहरीका अनुसार पूर्व प्रधानमन्त्री खान प्रहरीसँग आत्मसमर्पण नगरेपछि पाकिस्तानी प्रहरीका एक प्रहरी उपरीक्षकको कमाण्डमा उनी कोठामा गएका थिए । तर, इमरान खान त्यहाँ नभेटिएपछि प्रहरी फिर्ता भएको थियो ।
पाकिस्तानका अदालतहरू प्रायः सांसदहरूलाई थकाऊ र लामो समयसम्म घुमाउरो कार्यवाहीमा बाँध्न प्रयोग गरिन्छ । यसलाई अधिकार अनुगमनकर्ताहरूले राजनीतिक विपक्षलाई दबाउन गरिने प्रपञ्च भनी आलोचना गर्ने गरेका छन् । गत वर्ष एक ¥्यालीका क्रममा गोली लागेर घाइते भएका खानले गत अप्रिलमा भएको अविश्वासको प्रस्तावपछि पदबाट हट्न बाध्य भएपछि यस दक्षिण एसियाली राष्ट्रमा राजनीतिक तनाव बढेको थियो । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया